You are viewing the translated version of (नियम ७ को उपनियम (१) सँग सम्बन्धित) राहदानीको लागि निवेदन दिन सकिने विभाग, नियोग तथा जिल्ला प्रशासन कार्यालय.
अनुसूची–१
(नियम ७ को उपनियम (१) सँग सम्बन्धित)
राहदानीको लागि निवेदन दिन सकिने विभाग, नियोग तथा जिल्ला प्रशासन कार्यालय
देहायको राहदानी वा यात्रा अनुमतिपत्रको लागि देहायका कार्यालय, नियोग वा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनु पर्नेछः–
१. कूटनीतिक राहदानी वा विशेष राहदानीको लागि कार्यालय वा नियोगमा ।
२. साधारण राहदानीको लागि कार्यालय, नियोग वा निवेदकको स्थायी ठेगाना भएको जिल्ला प्रशासन कार्यालयमा ।
३. देहायको अवस्थामा देहायको कार्यविधि पूरा गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा साधारण राहदानीको लागि निवेदन दिन सकिनेछः–
(क) पति वा पत्नीको हकमा स्थायी बसोबास रहेको जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा वा निजले नागरिकता प्राप्त गरेको जिल्ला प्रशासन कार्यालयमा,
(ख) नागरिकता प्रमाणपत्र जारी भएको जिल्लाबाट बसाइँसराई भै आएकाको हकमा हाल बसोबास रहेको जिल्लाको जिल्ला प्रशासन कार्यालयमा,
(ग) जन्मस्थान, ठेगाना र नागरिकता प्रमाणपत्र भिन्ना भिन्नै जिल्लाको भएमा नागरिकता प्रमाणपत्र जारी गर्ने जिल्लाको जिल्ला प्रशासन कार्यालयमा,
(घ) सरकारी कार्यालय तथा सरकारी संस्थामा कार्यरत कर्मचारी र निजका परिवारका हकमा निज कार्यरत कार्यालयको सिफारिसमा सोही जिल्लाका जिल्ला प्रशासन कार्यालय वा कार्यालयमा ।
(ङ) सरकारी विश्वविद्यालय तथा सरकारी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी र निजका परिवारको हकमा उक्त शिक्षण संस्थाहरुवाट सिफारिस भई आएमा निजहरु कार्यरत जिल्लाको जिल्ला प्रशासन कार्यालयमा,
स्पष्टीकरणः “परिवार” भन्नाले “निजसंग बस्ने तथा निज आफैले पालन पोषण गर्नुपर्ने पति, पत्नी, छोरा, अविवाहित छोरी, धर्मपुत्र, अविवाहित धर्मपुत्री, बाबु, आमा वा सौतेनी आमा सम्झनु पर्दछ र सो शब्दले पुरुष र अविवाहिता महिला कर्मचारीको हकमा निजको बाजे, बज्यै तथा विवाहिता महिला कर्मचारीको हकमा निजको सासु, ससुरालाई समेत जनाउंछ ।
४. यात्रा अनुपतिपत्रको लागि कार्यालय वा नियोगमा ।
५. अस्थायी राहदानीको लागि नियोगमा ।